पोखराको वरपिपल रिसोर्टले मनायो छैटौं वर्षगाँठ

- विद्यार्थीलाई पोषाकसहित शैक्षिक सामग्री वितरण


     एभरेस्ट आवाज    
     श्रावण २९ गते २०८२ मा प्रकाशित




पोखरा साउन २९

पोखराको वरपिपल रिसोर्टले छैटौं वर्षगाँठ मनाएको छ । रिसोर्टले कर्मचारी सम्मान, शैक्षिक सामग्री वितरण तथा केक काटेर आफ्नो छैटौं वर्षगाँठ मनाएको हो ।

वर्षगाँठको अवसरमा रिसोर्टमा विहीबार एक औपचारिक कार्यक्रम गरेर स्थापनाकालदेखि नै सेवारत कर्मचारीहरुलाई सम्मान गरियो । विशेष समारोहमा स्थापना कालदेखि हालसम्म कार्यरत पविनकुमार श्रेष्ठ, सुमन श्रेष्ठ, परशुराम राना, जीना लिम्बु, सचिन गुरुङ, लायक राम राजबंशी, हर्क गुरुङ, गिरिधारी उपाध्याय र चिन्मे विश्वासलाई सम्मान गरेको सञ्चालक जितु गुरुङले जानकारी दिए ।

यस्तै रिसोर्टले उत्कृष्ट स्टाफ अफ द मन्थबाट लेखा शाखाका होमनाथ पराजुलीलाई सम्मान गरिएको रिसोर्टका एचआर प्रमुख बुद्धिबहादुर ठकुरीले जानकारी दिए । सम्मानितहरुलाई रिसोर्टका अध्यक्ष अमरजङ्ग गुरुङ (जितु), रिसोर्टका संचालक शिला गुरुङ, आवासिय प्रबन्धक पदमप्रसाद न्यौपाने लगायतले सम्मान गरेका थिए ।

यसअघि बार्षिकोत्सवको अवसर पारेर रिसोर्टले लमजुङको दोर्दी गाउँपालिकाको लक्ष्मी माविका विद्यार्थीहरुलाई खेल पोषाकसहित शैक्षिक सामाग्री सहयोग गरेको थियो । रिसोर्टले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विद्यालयमा १ सय २० जनालाई ट्रयाकसुट तथा टिसर्टसँगै कापी सहयोग गरेको रिसोर्टका आवासिय प्रबन्धक पदम न्यौपानेले जानकारी दिए ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को विसम परिस्थितीमा खुलेको यो रिसोर्टमा हाल ७० जना कर्मचारी कार्यरत् रहेको फ्रन्ट अफिस म्यानेजर कमल पौडेलले बताए । सुविधा सम्पन्न रिसोर्टमा हाल ४५ वटा रुम रहेको र अतिथिको स्वागतमा सधैँ तयार रहेको रिसोर्ट संचालक जितु गुरुङले जानकारी दिए । ४५ मध्ये एक्जुकेटिभ स्वीट रुम १, जुनियर स्वीट रुम ३, सुपर डिलक्स ९ र बाँकी डिलक्स रुमहरु रहेको रिसोर्टले जनाएको छ ।

यसैबीच, वार्षिकोत्सवमा कर्मचारीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । उत्कृष्ट नृत्य प्रर्दशन गर्ने कर्मचारी निशान्त घलेलाई सो अवसरमा पुरस्कृत गरिएको थियो । होटलमा हाल ५० प्रतिशत जसो अकुपेन्सि रहेको रिसोर्टले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।