महिला पर्यटन व्यवसायीहरुको संस्था महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को अध्यक्षमा ममता न्यौपाने निर्वाचित भएकी छन् । विहीबार सम्पन्न मञ्चको सातौं साधारण सभा तथा चौथो अधिवेशनले न्यौपानेको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
ओटेफको उपाध्यक्षमा लक्ष्मी लामिछाने, महासचिवमा भावना रानाभाट, सचिवमा शारदा भुजेल, कोषाध्यक्षमा रिता रेग्मी पौडेल ‘मुना’, सहकोषाध्यक्षमा मिठु लामिछाने निर्वाचित भएकी हुन् ।
सदस्यहरुमा सुशीला भण्डारी, सरिता शर्मा, लक्ष्मी तिमिल्सिना, कान्ति अधिकारी, चन्द्रा पौडेल पहारी, सुनीता सुवेदी, चन्द्रा जिसी, मायाँदेवी लामिछाने, रेनु लामिछाने, शर्मिला थापा र मिरा पौडेल चयन भएका निर्वाचन समिति संयोजक पम्फा देवकोटा पहारीले जानकारी दिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







