चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार


     एभरेस्ट आवाज    
     श्रावण ३१ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, साउन ३१

चिप्लेढुंगा–सिद्दार्थचोक व्यवसायी समितिको अध्यक्षमा दुर्गा सुनार चयन भएका छन् । समितिको शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सुनारको अध्यक्षतामा १५ सदस्यीय नया कार्य समिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा लक्ष्मण न्यौपाने, सचिवमा नविन श्रेष्ठ, सहसचिवमा किरणराज लामिछाने, कोषाध्यक्षमा प्रमोद लिगल र सहकोषाध्यक्षमा अनिल ढेवाजु सर्वसम्मत चयन भए ।

त्यस्तै सदस्यहरुमा सुशील लम्साल, वेदुनाथ लामिछाने, जनकराज सुवेदी, तारा गौतम, ज्योतिन्द्र घिमिरे, विरेन्द्र गहतराज, राजकुमार ध्वजु, धनबहादुर झैडी र विष्णुनारायण श्रेष्ठ चयन भए ।

यसअघि अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जीवबहादुर कोईरालाले उद्घाटन गरेका थिए । उनले नेपालमा केहि भएन भन्ने भाष्य गलत भएको बताए । बरु भएकाको सदूपयोग गर्न नसकिएको बताउँदै उनले भने,‘सरकारले ल्याएका नीति तथा कार्यक्रम बुझेर त्यसको सदूपयोग गर्न हामी व्यवसायीले सकिरहेका छैनौं । जस्तै, सहुलियतपूर्ण लोनलगायत लिनका लागि आफू र आफ्ना साथीभाईलाई सचेत गराऔं ।’

कार्यक्रममा पोखरा ट्रेडमलका अध्यक्ष मिनराज काफ्लेले व्यवसायीक सफलताका लागि व्यवसायी आफैले वातावरण निर्माण गर्नुपर्ने बताए ।

निवर्तमान अध्यक्ष देवकुमार भुजेल (डिबी)को अध्यक्षतामा भएको कार्यक्रममा पोखरा हार्डवेयर व्यवसायी संघका अध्यक्ष अर्जुन थापा, कपडा व्यवसायी संघ कास्कीका अध्यक्ष लेखनाथ पौडेल, सुनचाँदी व्यवसायी महासंघ कास्कीका अध्यक्ष कमलमान सुनार, आदर्श समाज टोल विकास संस्थाका अध्यक्ष रामप्रसाद पन्थलगायतले बोलेका थिए । कार्यक्रममा समितिका निवर्तमान सहसचिव दुर्गा सुनारले स्वागत मन्तव्य राखेको कार्यक्रममा सचिव मोती भुजेलले सञ्चालन गरेका थिए ।

उपाध्मा भएको का


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।