पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदै


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८२ मा प्रकाशित




पोखरा, भदौ २९ ।

पोखरामा भोलि बृहद शान्ति र्याली निकालिदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा भोलि बृहत शान्ति र्याली निकालिन लागेको हो । मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि बृहद शान्ती र्याली निकाल्ने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीको अध्यक्षतामा आइतबार बसेको बस्तुगत संघ/संस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले निर्णय गरेको थियो ।

बृहद मौन शान्ती र्याली भोलि मंगलबार बिहान ७ः३० बजे संघको सचिवालय गैह्रापाटनबाट सुरु हुने जनाइएको छ । जेनजी आन्दोलनको क्रममा दिवंगत भएका आत्माको चीरशान्तिको कामना,देशमा भएको अशान्तिको समूल नष्ट एवं व्यावसायिक वातावरण निर्माणका निम्ति भएको संघका अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए । अध्यक्ष कार्कीका अनुसार शान्ति र्याली मौन प्रकृतिको हुने छ ।

र्यालीमा सहभागी हुन संघले पोखरेली सम्पूर्णमा आह्वान गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।