सन्देश श्रेष्ठ
पोखरा, असोज ६
सुनचाँदीको गरगहनाका लागि चर्चित नाम गुरुङ गहना घरले आफ्नो पहिलो शाखा बिस्तार गरेको छ । पोखराको न्यूरोडमा चार वर्ष अघिदेखि सञ्चालनमा रहेको गुरुङ गहना घरले आफ्नो पहिलो शाखा न्यूरोडमै बिस्तार गरेको हो । सोमबारदेखि सञ्चालनमा आएको शाखा गुरुङ गहना घरको मुख्य थलोबाट ४-५ घर उत्तरतर्फ छ ।

मुख्य थलो साँघुरो भएकाले थोरै माथिपट्टी शाखा बिस्तार गरेको गुरुङ गहना घरकी सञ्चालिका सीमा गुरुङले जानकारी दिईन् । उनले भनिन्,‘गहना खरिद गर्न आउने आफ्ना आफन्तहरुले जहिले पनि साँघुरो भयो, अलि खुल्ला र फराकिलो ठाउँमा राख्न आग्रह गरेकाले सोहि अनुसारको खुल्ला र फराकिलो ठाउँमा शाखा बिस्तार गरेका हौं ।’ उनले साविक पसलबाट पनि गरगहना खरिद बिक्री भइरहने बताईन् । यो शाखा मात्र हो,उनले भनिन्,‘पहिलेको ठाउँमा पनि पसल यथावत रहन्छ । ग्राहकको माया र सद्भावकै कारण यहाँसम्म आएको र आगामी दिनमा पनि उनीहरुको सुझाव अनुसार नै अगाडि बढ्ने उनले बताईन् ।

प्रबन्ध निर्देशक नेल्सन गुरुङले पनि ग्राहकको अपार मायाका कारण नया शाखा खोल्न सकिएको बताए । युवाहरुको विदेश पलायन बढिरहँदा आफूले स्वदेशमै केही गर्ने हुटहुटीसहित व्यवसाय सम्हाल्दै आएको र अहिले आएर शाखा बिस्तार गरेर सेवा दिन लागेको उनको भनाई छ ।
गुरुङ गहना घरले व्यवसाय सँगसँगै संस्थागत सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्दै आएको छ । उसले वार्षिक रुपमा रक्तदान कार्यक्रमलगायतका सामाजिक कार्य गर्दै आएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्…







