नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ ।
बिहीबारको तुलनामा प्रति तोला सुन र चार हजार २ सय रुपैंया ले सस्तो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार दुई लाख ३९ हजार २ सय रुपैंयामा कारोबार भएको एक तोला सुनको मुल्य आज चार हजार २ सय रुपैंयाले घटेर दुई लाख ३५ हजार रुपैंया कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ। बिहीबार एक तोला चाँदी तीन हजार २५ रुपैंयामा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी तीन हजार ८५ रुपैंया मा क्रयविक्रय भइरहेको महासङ्घले जनाएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ५८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्…







