सन्देश श्रेष्ठ
पोखरा, असोज २८
पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट भएको छ । पोखरामा एक युवकले पोखरा महानगरपालिका वडा नम्बर–१२ शितलादेवी बस्ने देवीकला अधिकारीलाई नक्कली पेस्तोल देखाएर सोमबार लुटपाट गरेका हुन् । नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने पर्वतको मोदी गाउँपालिका वडा नम्बर-१ घर भई पोखरा–२० भलाम बस्दै आउका सुजन विक रहेको कास्की प्रहरीले जनाएको छ ।

सोमबार राती ८ः५० मा लुटपाट गरेका उनलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले जानकारी दिए । नक्कली पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनासाथ गएको वडा प्रहरी कार्यालय रामबजार कास्कीको टोलीले उनलाई पक्राउ गरेको उनले बताए ।
प्क्राउ परेका विकको साथबाट नक्कली पेस्तोल एक थान र निजले प्रयोग गरेको ग.१३ प ९८३२ नम्बरको मोटरसाईकलसमेत बरामद गरिएको उनले जानकारी दिए ।
पक्राउ परेका विकमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







