‘बैंक लुटेर बुलेट बाइक’


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०८२ मा प्रकाशित




कात्तिक ३

जेनजी आन्दोलनमा लुटेको पैसाले एक युवाले बुलेट बाईक खरिद गरेको खुलासा भएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको तोडफोड र आगजनीको मौकामा भएको लुटपाटमा संलग्न दोलखाका दीपक श्रेष्ठले लुटेको पैसाले बुलेट बाईक खरिद गरेको पाइएको हो ।

घटनापछि समातिएका उनले आफूले लुटेर लगेको पैसामा केहि थपेर बुलेट बाईक खरिद गरेको वयानमा स्वीकारेको काठमाडौं प्रहरीले जनाएको छ । उनले बैंकबाट २ लाख ५० हजार क्यास र साथमा ३ थान सुनको बोला, १ थान बेरुवा औंठी र एक थान सिक्री पनि लगेको स्वीकारेका छन् । लुटेर लगेको क्यासमा आफूले १ लाख ७२ हजार रुपैयाँ थपेर बुलेट बाईक खरिद गरेको वयान दिएको प्रहरीको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।