सुनको मूल्य तोलामा दुई हजार सात सय बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०८२ मा प्रकाशित




सुनको मूल्य प्रतितोला रू दुई हजार सात सय बढेको छ ।

बिहीबार प्रतितोला रू दुई लाख ३६ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर तोलाको रू दुई लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।गएको आइतबारदेखि बुधबारसम्ममा तोलाकै १७ हजार दुईसय रुपैयाँ घटेको सुनको मूल्य हिजो स्थिर थियो।

त्यस्तै, चाँदीको मूल्य तोलामा रू ८० ले बढेर रू तीन हजार ६० पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।