फाइल तस्विर
सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १४
गण्डकी प्रदेशका उद्योगी व्यवसायीले बारम्बार आरोप लगाउने गरेका छन् : घुस नखुवाई काम हुँदैन । तर घुस दिएपछि नहुने भनिएको काम पनि हुने गर्छ । पोखरा उद्योग वाणिज्य संघले त संस्थागत रुपमै कर्मचारीलाई टेबल मुनिबाट घुस दिएको बताउँदै आएको छ । संघले प्रदेश सरकारलाई ट्याक्स तिरेर पाल्नु परेको र कर्मचारीलाई घुस खुवाउनु परेको बारम्बार दोहो¥याउँदै आएको छ । त्यहि भएर प्रदेश सरकारको औचित्य नभएको भन्दै खारेज गर्नुपर्ने आवाज संघका अध्यक्ष गोकर्ण कार्कीले उठाउँदै आएका छन् ।
पोखरामा शुक्रबार एक कार्यक्रममा पनि संघका अध्यक्ष कार्कीले कर्मचारीलाई घुस खुवाएर पालिरहेको बताए । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’बारेको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा बोल्दै कार्कीले पुरानै कुरा दोहो¥याउँदै भने,‘सरकारलाई ट्याक्स तिरेर पाल्नु परेको छ, अनि कर्मचारीलाई घुस टेबल मुनिबाट दिनुपरेको छ ।’ उनले कर्मचारीलाई घुस नखुवाएसम्म काम नहुने गरेको उल्लेख गरे । साथै घुस नखुवाएसम्म उद्योगी व्यवसायीलाई कर्मचारीले दुःख दिनेगरेको उनको गम्भीर आरोप छ ।
अध्यक्ष कार्कीले प्रदेश सरकारको कामकारवाही फितलो हुँदा यसको औचित्य माथि प्रश्न उठेको बताए । प्रदेश बनाउने विषयमा धेरै विमत्तीहरु थिए, तर आफैले नीति बनाएर कार्यान्वयन गर्छ भने ठिकै छ नि त भनेर त्यहि एउटै कारण कन्भिन्स भएको थिएँ,उनले भने,‘तर अहिले प्रदेशले आफैले केहि पनि गर्न सकेको छैन । सायद मुख्यमन्त्री पनि डराउनु भएर काम नगर्नु भएको हो कि ? ।’ उनले यस अघिको प्रदेश सरकारले यातायातको क्षेत्रमा केहि राम्रा काम गरे पनि त्यस पछि कुनै पनि सरकारले राम्रो काम गर्न नसकेको ठोकुवा गरे ।
नीजि क्षेत्रको छाता संस्थाको अध्यक्षले आफ्नै अगाडि कर्मचारीलाई घुस खुवाउनु परेको बताएपछि मुख्यमन्त्रीले त्यसबारे जवाफ दिने अपेक्षा गरिएको थियो । तर उनले त्यसलाई ट्विष्ट गर्दै बरु आफू र आफ्ना मन्त्रीले घुस नखाएर महान कार्य गरेको भन्दै टकटकिए । कर्मचारीलाई दिएको घुसबारे सरकारको जवाफ खोजिरहेका बेला उनले भने,‘अरु प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले घुस खाएको आरोप लागेको छ, तर गण्डकीमा मैले र मेरा मन्त्रीहरुले घुस खाएको भनेर पत्रकारहरुले लेख्ने अवसर पाएका छैनन् । यो पनि ठूलै उपलब्धी हो ।’ यस अर्थमा गण्डकीमा सुशासन कायम छ र भ्रष्टाचार छैन भन्ने देखिने उनको तर्क थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीले पोखराको बाराही घाटस्थित जग्गा,रत्न मन्दिर र हिमागृहको जग्गा…







