पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइयो


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित




नेपाल चाटर्ड एकाउन्टेन्ट सस्था पोखरा शाखाको आयोजनामा पोखरामा अन्तराष्ट्रिय लेखा दिवस मनाइएको छ ।

प्रत्येक वर्षको नोभेम्बर १० मा अन्तराष्ट्रिय लेखा दिवस मनाउने गरिएकोमा शाखाले एकान्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धी अन्तरक्रिया गर्दै दिवस मनाएको हो ।अन्तरक्रियामा लेखा व्यवसायसँग सम्बन्धित चाटर्ड एकाउन्टेन्ट तथा रजिष्टर्ड अडिटर्सहरू एवम् उद्योग वाणिज्य संघका प्रतिनिधिको सहभागिता थियो ।कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, लेखानाथ उद्योग वाणिज्य संघका अध्यक्ष जानुका पराजुली अधिकारी एवम् नेपाल युवा व्यवसायी मञ्च पोखरा च्याप्टर्सका अध्यक्ष सुमेज राजभण्डारी लगायतको उपस्थिति थियो ।

नेपाल लेखामान वोर्डका सदस्य चाटर्ड एकाउन्टेन्ट दुर्गाप्रसाद ज्ञवालीले एकाउन्टिङ प्रोफेसन एण्ड एआई सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै यसको प्रयोगले लेखा व्यवसायमा तथ्यांकहरुको विश्लेषणमा सहजिकरण, समयको वचत का साथै विस्तृत अध्ययनमा समेत सहज हुने बताए ।उनले एआईको प्रयोग गर्ने प्राविधिक पक्ष सिकाउँदै यसबाट सहि एवम् विश्वसनीय विवरण लिने सोही अनुसारको विवरण एवम् प्रश्न पेश गर्नुपर्ने जानकारी गराए ।

नेपाल चाटर्ट एकाउन्टेन्ड संस्था पोखरा शाखा संयोजक चाटर्ड एकाउन्टेन्ट उबेक श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य चाटर्ड एकाउन्टेन्ट मदन पोखरेलले स्वागत र समन्वय कमिटीका सदस्य चाटर्ड एकाउन्टेन्ट सागर आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।