सच्याएर, सच्चिएर कम्युनिष्ट आन्दोलन अघि बढोस् : मेयर आचार्य


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित




नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली कम्युनिष्ट पार्टीले विगतमा भएका कमजोरीहरु सच्याएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले भने,‘कम्युनिष्टहरुको झण्डै दुई तिहाई जनमत आउँदा पनि खास खास बेलामा संरक्षण गर्न नसेकेको ईतिहास छ । आज फेरी सम्पूर्ण कम्युनिष्टहरु एकत्रित भएका छन् । यस पार्टीले विगतमा काम गर्दा भएका कमजोरी सच्याएर÷सच्चिएर अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।