जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी छ : नारायणकाजी


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित




पोखरा

नेपाली कम्युनिष्ट पार्टीका नेता तथा तत्कालीन नेकपा माओवादीका नारायणकाजी श्रेष्ठले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्न जरुरी रहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टी गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभालाई आज पोखरामा सम्बोधन गर्दै उनले जेनजी विद्रोहका मागहरु जायज भएकाले आत्मसाथ गर्न जरुरी रहेको बताएका हुन् । जेनजीले पार्टीको शुद्दिकरण तथा रुपान्तरण, राजनीतिक अस्थिरताको अन्त्य र भ्रष्टाचार अन्त्यको लागि विद्रोह गरेका हुन्,उनले भने,‘जेनजी आन्दोलन जेनजी पुस्ताको लागि मात्र होईन, सबै पुस्ताको लागि हो, त्यसैले जेनजी विद्रोहले उठाएका एजेण्डालाई आत्मसाथ गर्नु पर्छ ।’

नेता श्रेष्ठले निर्वाचन सम्पन्न हरहालतमा गर्नु अहिलेको आवश्यक्ता रहेको बताए । समाजवादी क्रान्तिका लागि नेपाली कम्युनिष्ट पार्टीको आवश्यक्ता रहेको बताउँदै उनले भने,‘त्यसैले आफूलाई बदलौं, नेताहरु बदलौं र पार्टीलाई बदलौं ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।