शिशिर उजाड
पोखरा
पोखरा ८ सिमलचौरस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिको १४ औं बार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
साधारण सभाको उद्घाटन गर्दै धार्मिक एवं सामाजिक व्यक्तित्व वीरेन्द्रनारायण विजुक्छेले धार्मिक ज्ञान र चेतनाले नै समाजलाई समृद्ध बनाउने बताउँदै, नैतिक ज्ञानका लागि धार्मिक चेतना आवश्यक रहेको बताए ।समितिका अध्यक्ष दामोदर सिग्देलले यस क्षेत्रको धार्मिक धरोहरका रुपमा रहेको पशुपतिनाथ मन्दिरलाई विकास गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताए । उनले धर्म बाँचे मात्र संस्कार बच्ने र समाज असल हुने स्पष्ट पारे ।
कार्यक्रममा वडा सदस्य गोविन्द बराल,संस्थापक अध्यक्ष बाबुराम पौडेल, सल्लाहकार समाजसेवी परशुराम बराल,श्रीराम टोल विकास समितिका अध्यक्ष रिषिराम पौडेल, नेपाल सरकारका पुर्व सहसचिव प्रेमराज गिरीलगायतले समितिले गरेका कार्यको प्रशंसा गरेका थिए । सभाले सचिव कृष्णहरि सिग्देल र कोषाध्यक्ष बालकृष्ण बरालले पेश गरेको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन पारित गरेको छ । व्यवस्थापन समितिका अध्यक्ष दामोदर सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसचिव देवका पौडेल र संचालन सचिव कृष्णहरि सिग्देलले गरेका थिए ।

सो अवसरमा सहयोगदातालाई प्रशंसापत्र प्रदान समेत गरिएको छ ।समितिमा ४ सय ५ जना आजिवन र ९३ जना साधारण सदस्य आवद्ध छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति कास्कीले माछापुच्छ्रे गाउँपालिकामा संचालित बिभिन्न योजनाको अनुगमन गरेको छ…






