कानुनमा व्यवस्था गरिएको हक कसैले रोक्न सक्दैन: प्रधानमन्त्री कार्की


     एभरेस्ट आवाज    
     पौष २० गते २०८२ मा प्रकाशित




प्रधानमन्त्री सुशीला कार्कीले राज्यमा सबै समुदायको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा थारु कल्याणकारिणी सभाको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले यो देश सबैको साझा फूलबारी भएकाले सबैको प्रतिनिधित्वबाट भएको विकास मात्र दिगो हुने बताईन् ।प्रधानमन्त्री कार्कीले संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न नहुने धारणा समेत राखिन्। उनले भनिन्, ‘संविधानले दिएको अधिकार कसले र किन रोक्यो रु यो कुरा मैले पनि बुझ्न सकिरहेको छैन। म यसप्रति चिन्तित छु। संविधान र कानुनमा व्यवस्थित भइसकेका हकको प्रचलन कसैले रोक्न हुँदैन।ु

प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्कीलाई थारु राष्ट्रिय माघी महोत्सवमा उपस्थितिका निम्ति निम्तो पनि दिएको छ। मूल आयोजक समितिका संयोजक एवम् थारु कल्याणकारिणी सभाका अध्यक्ष प्रेमीलाल चौधरीले प्रधानमन्त्री कार्कीलाई माघ १ गते टुँडिखेलमा आयोजना हुने कार्यक्रमका लागि निमन्त्रणापत्र हस्तान्तरण गरे।

प्रत्येक वर्ष माघे सङ्क्रान्तिका दिन थारु समुदायले माघी पर्व मनाउने गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।