चुनावका लागि नेविसंघले तोक्यो संयोजक


     एभरेस्ट आवाज    
     माघ १८ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कास्कीका ३ सहित १ सय ६५ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १ सय ६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो।त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गरिएको उनको भनाइ छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र नं. १ मा विजय घिमिरे, २ मा संजय आले मगर र ३ मा माधव गिरी संयोजक तोकिएका छन् ।

नेविसंघले विधान बमोजिम फागुन २१ मा हुने प्रतिनिधि सभा चुनावका लागि नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्न निर्वाचन परिचालन समिति बनाइएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।