वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाईदिने भन्दै ठगी गर्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी गरी विदेशका विभिन्न होटलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने पोखरा १९ लामाचौरकी ३४ वर्षीया कल्पना नहर्की पौडेल र मुगु घर भई पोखरा ६ बस्ने २८ वर्षीय वीरेन्द्र रावतलाई जिल्ला प्रहरी कार्यालय कास्कीले माघ ८ गते पक्राउ गरेको हो । पौडेललेआफू कानून व्यवसायी रहेको र श्रीमान्ले पोल्याण्डमा होटल संचालन गरिरहेको भन्दै रकम असुल्ने गरेको पाईएको छ । उनीहरुले हाल विदेशमा किचन हेल्पर, कटिङ, फुड प्याकिङ, चालक, म्यानेजर लगायत विभिन्न कम्पनीमा काम लगाईदिने भनी ११ जना व्यक्तिहरुबाट १४ लाख ६० हजार ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले १० हजार देखि २ लाखसम्म उठाउने गरेका थिए । पक्राउ परेका पौडेल र रावतलाई ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको कास्की प्रहरीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । उनीहरूले सामाजिक सञ्जालको प्रयोग गरी संगठित रूपमा ठगी धन्दा चलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, ११ जेठ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष तथा नेपाल उद्योग…







