कांग्रेसका सभापति थापा र उपसभापति शर्मा भोलि पोखरा आउने


     एभरेस्ट आवाज    
     माघ २२ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा भोलि पोखरा आउने भएका छन् ।

फागुन ४ गते अगाडि नै सातै प्रदेशमा पुग्ने योजना अनुरुप उनीहरु शुक्रबार गण्डकी प्रदेशको राजधानी पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेशमा पार्टीको अवस्थाबारे छलफल गर्न सभापतिज्यू भोलि पोखरा जाँदै हुनुहुन्छ,’ उपसभापति पुष्पा भुसालले भनिन् । पोखरामा पार्टीका उम्मेदवार, जिल्ला सभापति तथा नेता कार्यकर्तासँग संवाद गर्ने उनले बताइन् । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि प्रचार–प्रसार गर्न फागुन ४ देखि १८ सम्मको समय तोकेको छ । पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, पार्टीका उम्मेदवार र नेता कार्यकर्तासँग छलफल गर्न सभापति थापा र उपसभापति शर्मा फागुन ४ गतेभित्र सातै प्रदेशमा पुग्ने उपसभापति भुसालले जानकारी दिइन् ।

उपसभापति शर्मा निर्वाचन परिचालन समितिका संयोजक हुन् । ‘पार्टीका प्रदेशभित्रका जिल्ला सभापति, उम्मेदवार र नेता कार्यकर्तासँग सम्वाद गर्न र पार्टीको अवस्था पहिचान गर्न सातै प्रदेशमा फागुन ४ गतेभित्र जाँदै हुनुहुन्छ,’ उपसभापति भुसालले भनिन्, ‘यो क्रम मधेस प्रदेशबाट सुरु भएको छ ।

सभापति थापाले केही दिनअघि मधेस प्रदेशमा आठ वटै जिल्लाका नेतृत्व र उम्मेदवारहरूसँग बसेर निर्वाचनको तयारीबारे संवाद गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।