पोखराबाट काठमाडौं जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
दुर्घटनामा मृत्यु भएकामध्ये ९ जनाको सनाखत भएको र १० जनाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रकाश दाहालले जानकारी दिए। गएराति धादिङ बेनिघाट रोराङ गाउँपालिकाको चरौंदी नजिक भैंसेडाँडा भन्ने स्थानमा माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग २ ख १२३१ नम्बरको बस दुर्घटना भएको थियो ।प्रहरीका अनुसार ट्रमा सेन्टरमा १४ जना, नेशनल अस्पताल कलंकीमा १० जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा एक जना गरी जम्मा २५ जनाको उपचार भइरहेको छ ।
गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति बनाउने निर्णय गरेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम…






