नेकपा एमाले कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले वर्तमान शिक्षा प्रणालीमा आमुल परिवर्तन आवश्यक रहेको बताएका छन् ।
अहिलेको शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादनलाई प्राथामिकता दिएको बताउँदै, उनले प्राविधिक धारको शिक्षालाई विस्तार गर्नुपर्नेमा जोड दिए ।शुक्रबार पोखरा महानगरपालिका वडा नं. ४ मा आयोजित मतदाता भेटघाट अन्तरक्रियामा उम्मेदवार आचार्यले व्यवसायिक शिक्षालाई आफ्नो मुख्य प्राथमिकतामा राखेका छन् । प्राविधिक शिक्षा हासिल गरेपछि युवा स्वतः व्यवसाय गर्न सक्षम हुने, उद्यमशीलतामा जोडिन सक्ने र आत्मनिर्भर बन्न सक्ने वातावरण तयार हुने आचार्यको तर्क छ । त्यसका लागि “स्टार्टअप बिजनेस” र वाणिज्य क्षेत्रलाई एकीकृत गर्दै सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्ने उनले बताए ।
युवा तथा बौद्विक नेता उनले रोजगार प्रवद्र्धनका लागि स्पष्ट नीति निर्माण, साना तथा मझौला उद्यमलाई प्रोत्साहन र नयाँ व्यवसाय सुरु गर्न सहज वातावरण बनाइने प्रतिबद्धता व्यक्त गरे । आचार्यले प्रत्येक परिवार, हरेक समुदाय र संघ–संस्थाले देशको समृद्धिमा योगदान गर्नुपर्ने उल्लेख गर्दै सन्तुलित विकास र सर्वाङ्गीण विकासमार्फत समृद्ध समाज निर्माण गर्न सकिने धारणा राखे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको पुरञ्चौर र हेम्जा जोड्ने सेती नदीमाथि मर्दि दोबिल्ला मोटरेबल पुल निर्माण…







