नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्न सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा आईतबार विहान लामो स्टाटस लेख्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्,‘बिदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीत प्रधानमन्त्रीको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई कमजोर पार्ने काम हुन सक्दछ ।’
प्रवक्ता श्रेष्ठले विदेशी सरकार प्रमुखको विशेष दूतका रुपमा आएको भए ठोस परिणाम देखिनेगरि भेट गर्नुपर्नेमा जोड दिएका छन् । उनले अगाडि भनेका छन्, ‘विदेशी सरकार प्रमुखले औपचारिक रुपमा आफ्नो विशेष दूतका रुपमा अख्तियार प्रदान गरि पठाएको हो भनेपनि सन्देश सुन्ने र प्रत्यूत्तर सन्देश पठाउने गरि कुरा हुन सक्थ्यो, तर त्यस्तोपनि देखिएन ।’
प्रवक्ता श्रेष्ठले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलसँग प्रधानमन्त्रीको भेटले नेपालको साखसमेत गिरेको टिप्पणी गरेका छन् । भेटबारे परराष्ट्र मन्त्रालयलाई संस्थागत जानकारी नहुनु दुःखद भएको बताए । उनले रअका प्रमुख गोयलसँग प्रधानमन्त्री ओलीले आफ्नो समकक्षी झँै गरेर भेटघाट गरेको र यो कुटनीतिक मर्यादा बिपरित भएको उनको भनाई छ । साथै यस्तो घट्ना नेपालमा पहिलो भएकोपनि उनले दाबी गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशको म्याग्दी र तनहुँमा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा परि दुई बालबालिकासहित…






