पोखरा घुम्न आएका जापानीज नागरिक इशे चुसिमाले सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।
पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयलाई उनले नगद ३० हजार सहयोग गरेका हुन् । इशे विद्यालयमा गत शैक्षिक सत्रदेखि जाइकाको सहयोगमा स्वयम् सेवा गरिरहेकी शिक्षक अन्ना चुसिमाका भाइ हुन् ।ईशेले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विक्रम थकालीलाई हस्तान्तरण गरे । दुई हप्ताका लागि नेपाल घुम्न आएका इशेले विद्यालयका विद्यार्थी र विद्यालयमा आफुले पाएको न्यानो आतिथ्यले निकै प्रफुल्लित भएको बताए । सोहि क्रममा विद्यालयलाई सहयोग गर्ने भावना जागेको बताउँदै आफू जापान फर्केपछि पनि सहयोगलाई निरन्तरता दिने वताए ।कार्यक्रममा अध्यक्ष थकालीले विद्यालयका लागि सहयोग गरेकोमा इशेलाई धन्यवादसहित मायाको चिनो प्रदान गरे ।
शिक्षक सुदिप कोइरालाले सञ्चालन गरेको कार्यक्रममा व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधि रुद्रबहादुर कार्कीले मन्तब्य राखेका थिए भने जापानी स्वयमसेवक अन्ना चुसिमाले इशेको मन्तव्य नेपालीमा अनुवाद गरेकी थिइन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सर्वोच्च अदालतले विश्वविद्यालयलमा विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन…




