पोखरा । गण्डकी प्रदेशमा अब २१७ जना कोरोना भाइरस संक्रमणमुक्त हुन बाँकी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १४ जना कोरोना भाइरस संक्रमणमुक्त र थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या २१७ पुगेको हो ।
पछिल्लो क्रममा थपिने सबै पोखरा महानगरपालिकाका नागरिक भएको निर्देशनालयले मंगलबार प्रदेशको कोभिड–१९ सम्बन्धि विवरण अध्यावधिक गर्दैे जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार सबैभन्दा धेरै कास्कीका १९३ जना आइसोलेसनमा छन् । कास्कीमा संक्रमण पुष्टि भएका सात हजार ८६६ जनामध्य सात हजार ५५९ जना कोरोनामुक्त भएको र ११४ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
यस्तै लमजुङमा ५ जना आइसोलेसनमा छन् । लमजुङमा हालसम्म ९१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसमा ९०४ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट पाँच जनाले ज्यान गुमाएका छन् ।
उता गोरखामा कोरोना भाइरस संक्रमितको संख्या शून्य छ । जिल्लामा संक्रमण पुष्टि भएका ८४५ जनामा ८३६ जना निको र ९ जनाको मृत्यु भएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य भएको निर्देशनालयले जनाएको छ ।
तनहुँमा आइसोलेसनमा एक जना मात्रै छन् । हालसम्म एक हजार ४७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको तनहुँमा एक हजार ४५० जना कोरोनामुक्त र २४ जनाको मृत्यु भएपछि जिल्लामा सक्रिय संक्रमितको संख्या एक रहेको हो ।
उता, नवलपुर बर्दघाट सूस्ता पूर्वमा हालसम्म दुई हजार ४३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा दुई हजार ४०७ जना निको भएका छन् भने २२ जनाको मृत्यु भएको छ । अव ३ जना निको हुन बाँकी रहेको निर्देशनालयद्वारा जारी विवरणमा भनिएको छ ।
स्याङ्जामा हालसम्म ३ जना आइसोलेसनमा छन् । जिल्लाका ८३६ संक्रमितमध्य ८१६ जना निको भएर घर फर्किएका छन् भने १७ जनाले ज्यान गुमाएका छन् ।
यस्तै पर्वतमा हालसम्म कोरोना भाइरस संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । जिल्लाका ३८२ जनामा कोरोना संक्रमण हुँदा ३७७ जना निको भएर घर फर्किसकेका छन् । अव २ जना निको हुने क्रममा रहेको निर्देशनालयको विवरणमा उल्लेख छ ।
बाग्लुङमा हालसम्म एक हजार १९ जना कोरोना संक्रमित भएका छन् । ति मध्य एक हजार ६ जना निको भएका छन् भने ८ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अव जिल्लामा पाँच जना आइसोलेसनमा रहेको जनाइएको छ ।
म्याग्दीमा संक्रमण पुष्टि भएकामध्य २४१ जना कोरोना भाइरसमुक्त भइसकेका छन् । कोरोनाबाट तीन जनाको मृत्यु भएको छ भने ५ जना आइसोलेसनमा छन् । म्याग्दीमा हालसम्म २४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मनाङ र मुस्ताङमा भने सक्रिय संक्रमितको संख्या शून्य छ ।
मनाङमा संक्रमण पुष्टि भएका २० जना नै कोरोना मुक्त भएका छन् भने मुस्ताङका ३२ जना यस अघि नै निको भएका छन् ।
निर्देशनालयले दिएको जानकारी अनुसार सक्रिय संक्रमितमध्य ११९ जना होम आइसोलेसनमा छन ।
यो संगै हालसम्म गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ७० जना पुगेको छ । तिमध्य १५ हजार ६४५ जना कोरोना भाइरस संक्रमणमुक्त र २०५ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







