पर्वत सेवा समाज अमेरिकामा पुर्णको नेतृत्व


     एभरेस्ट आवाज    
     असार २ गते २०८३ मा प्रकाशित




पर्वत सेवा समाज न्यूयोर्क अमेरिकाको नेतृत्व पुर्ण श्रेष्ठले गरेका छन् ।

न्यूयोर्कको हिक्सभिलस्थित भिलेज ग्रीन परिसरमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अर्जुन लामिछाने, उपाध्यक्षमा किशोर लामिछाने, महिला उपाध्यक्षमा पुष्पा रेग्मी, महासचिवमा प्रकाश शर्मा, सचिवमा सविन क्षेत्री तथा कोषाध्यक्षमा राजन गुरुङ चयन भएको त्यहाँबाट सुवास शर्मा लामिछानेले जानकारी दिए। सदस्यहरूमा युवक श्रेष्ठ, सुदिन कुमार परियार, एम। प्रसाद रिजाल, केशव सुवेदी, प्रकाश क्षेत्री तथा निशान पौडेल क्षेत्री छन्।समाजका निवर्तमान अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा भएको सभाको उद्घाटन संस्थापक अध्यक्ष हेमन मल्लले गरेका थिए ।

कार्यक्रममा संस्थाका संरक्षक बाबुराम शर्मा संस्थाका सल्लाहकार बसन्त चापागाईं, निर्वाचन समितिका सदस्य माया गिरी, कृष्ण कडेल, एनआरएनए एनसीसी न्यूयोर्क च्याप्टरका अध्यक्ष दण्डपानी बासु लामिछानेलगायतले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । संस्थाका महासचिव प्रकाश शर्माले वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन पेश गरेको कार्यक्रमको सञ्चालन निवर्तमान सचिव विशाल रेग्मीले गरेका थिए । सो अवसरमा बाग्लुङ सेवा समाज तथा बाग्लुङ स्पोर्ट्स क्लबद्वारा आयोजित प्रथम बाग्लुङ कपमा सहभागिता जनाउने सम्पूर्ण भलिबल खेलाडीहरूलाई सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै, नेपाल डे परेडमा सक्रिय सहभागिता जनाउने महानुभावहरूलाई समाज तथा एनआरएनए एनसीसीको तर्फबाट प्राप्त प्रशंसापत्र वितरण गरिएको थियो।

महाधिवेशनले पर्वतवासीहरूबीच आपसी एकता, सहकार्य र सामाजिक सेवाको भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्दै सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।