filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 82.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;
शिशिर उजाड
पोखरा
देशभर बाल विकासमा भर्ना भएका बालबालिका मध्ये अधिकाशंले विचैमा कक्षा छाड्ने गरेको तथ्यांक सार्वजनिक भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार बिचैमा पढाई छाड्ने विद्यार्थीको संख्या डर लाग्दो रुपमा बढ्दै गएको हो । केन्द्रले आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १ मा भर्ना भएका करिब ९ लाख विद्यार्थी मध्ये माध्यमिक शिक्षा परीक्षामा करिब ५ लाख मात्रै विद्यार्थी सहभागि हुने गरेका छन् । यो तथ्यांकलाई हेर्दा करिब ५० प्रतिशत विद्याथीले कक्षा १० सम्मको पढाई पुरा नगरी बिचमै छाड्ने गरेको देखिएको छ । केन्द्रका निर्देशक निमप्रकाश सिंहले विद्यालय स्तरमा देखिएको समस्या चुनौतीपुर्ण रहेको बताए । उनले कक्षा १ मा ८ लाख ७९ हजार ४६९ बालबालिका भर्ना भएकोमा एस इ इ परीक्षामा भने ४ लाख ५७ हजार मात्रै सहभागी भएको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार त्यस मध्ये पनि कक्षा १२ मा आईपुग्दा सो संख्या ३ लाख ३८ हजारमा झर्ने गरेको छ । उनले अहिलेको अवस्थामा विद्यार्थी संख्या बढ्ने संभावना नरहेको स्पष्ट पार्दै हिमाली तथा पहाडी जिल्लामा झन् घट्दो अवस्थामा रहेको बताए । निर्देशक सिंहले आधारभुत तहमा शिक्षक संख्या आवश्यकता भन्दा धेरै रहेको तथ्यांक समेत प्रस्तुत गरे ।
सामुदायिक तर्फ आधार भुत तह कक्षा १ देखि ८ सम्म २ लाख ८२ हजार ९ सय २६ जना र माध्यमिक तहमा ७७ हजार २ सय ८० जना शिक्षक कार्यरत रहेका छन् । माध्यमिक तहमा शिक्षक दरबन्दी अपुग रहेका पनि आधारभुत तहमा भने बढी देखिएको उनले दावी गरे । संस्थागत तर्फ भने कुल १ लाख ८२ हजार ४ सय ८२ जना कार्यरत रहेको देखिएको छ । कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले निजी शिक्षामा कर लगाउँदैमा शैक्षिक गुणस्तर र आर्कषण नबढ्ने बताए । उनीहरुले सरकारी विद्यालयप्रतिको सोचमै परिवर्तन आवश्यक रहेकोमा जोड दिए ।पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले पोखराको निजी तथा सामुदायिक शैक्षिक अवस्थाको बारेमा जानकारी गराए ।कार्यक्रममा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशका उपसचिव विमलाकुमारी शर्मा, शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका निमित्त प्रमुख टंकराज बराल,माछापुच्छ्रे गाउँपालिका शिक्षा अधिकृत सम्झना पोखरेल,अन्नपुर्ण गाउँपालिकाका सहायक शिक्षा अधिकृत निर्मला केसी , पत्रकार कमल पौडेल अथक, यदुनाथ बञ्जरा, सुवास पौडेल, गोविन्द सुवेदी, दिननाथ बराल, सुर्य परियार, गौरीशकंर मावि हेम्जाका प्रधानाध्यापक नारायणी गौतमलगायतले शैक्षिक क्षेत्रमा देखिएका समस्याका बारेमा केन्द्रको ध्यानाकर्षण गराउँदै, सुझाव कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरे ।
सो अवसरमा छलफलमा उठेका विषयलाई शिक्षा पत्रकार प्रकृति अधिकारी र संजिव घिमिरेले सहजिकरण गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १९ चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब…






