बिभिन्न क्षेत्रमा क्रियाशील पोखराका ६ जना युवाहरूलाई पोखरा यूथ एक्सेलेन्स अवार्ड २०८३ प्रदान गरिएको छ ।
नगर युवा परिषद्ले आयोजना गरेको यूथ फेस्टिभलका अवसरमा युवा उद्यमशीलता, सशक्तीकरण र सीप विकासको क्षेत्रमा क्रियाशील युवालाई सम्मान गरेको नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष न्यौपानेले जानकारी दिए । सम्मानित हुनेमा पत्रकारिता क्षेत्रमा क्रियाशील दुर्गा राना मगर, पर्यटन तर्फ प्रतीक पहारी, समाज सेवा तर्फ सदिस पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी तर्फ नव ज्योति सुवेदी, खेलकुद तर्फ नारायणी भण्डारी र अपाङ्गता क्षेत्रको सशक्तीकरणमा क्रियाशील सन्ध्या सुवेदी छन् ।
उनीहरुलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अवार्ड प्रदान गरे । युवा केन्द्रित कार्यक्रम, सीप विकास तथा सशक्तीकरणका अभियानहरू प्रभावकारी रूपमा सञ्चालन गर्दै आइरहेको नगर युवा परिषद्ले हालसम्म परिषद्ले ७ हजारभन्दा बढी युवाहरूलाई विभिन्न तालिम, रोजगारी, उद्यमशीलता तथा सशक्तीकरणसँग जोडेको छ ।
प्रा.डा. भिमनाथ बरालको संयोजकत्वमा तेज गुरुङ, मनहर कडरिया, केशव शरण लामिछाने, अन्जु केसी र विक्रम कर्माचार्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा उनीहरूलाई सम्मान प्रदान गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष न्यौपानेले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार १९ चियाका लागि प्रख्यात नेपाल पछिल्लो समय कफीको हब…






