राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला काठमाण्डौंमा सुरु भएको छ ।
‘रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए । आज ‘नेपालको चित्र, हामी कहाँ छौँ’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिईरहेका छन् ।
महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको वैज्ञानिक प्रक्रिया तथा उपसभापति सोविता गौतमले पार्टी र सरकारबीचको अन्तरसम्बन्ध, समस्या र समाधानका उपायबारे प्रस्तुति दिने कार्यक्रम छ ।
कार्यशालाको दोस्रो दिन निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीको सङ्गठनात्मक संरचना, त्यसको सुदृढीकरण र केन्द्रीय सदस्यहरूको भूमिका तथा सङ्गठन विभाग प्रमुख न्यौपानेले ‘मिडिया र सोसल मिडियाः कसरी प्रयोग गर्ने’ मन्तव्य व्यक्त गर्ने कार्यक्रम रहेको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण पोखरा-सिक्लेस सडक अवरुद्ध भएको छ । शुक्रबार रातिदेखिको अविरल वर्षाका…





