अग्रज गायक–संगीतकार धनबहादुर गुरुङलाई ‘लोक बहादुर गुरुङ स्मृति’ सम्मान


     एभरेस्ट आवाज    
     भाद्र १९ गते २०८३ मा प्रकाशित




अग्रज गायक एवं संगीतकार धनबहादुर गुरुङ पोखरामा सम्मानित भएका छन् ।

लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठानले आयोजना गरेको वरिष्ठ संस्कृतिकर्मी स्व. लोक बहादुर गुरुङको १२ औँ स्मृति दिवसका अवसरमा उनलाई सम्मान गरिएको हो । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा गुरुङ समुदायका चर्चित गायक तथा संगीतकार गुरुङलाई ५१ हजार नगद, दोसल्ला, फेटा र सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको हो । गुरुङ समुदायको भाषा, संस्कृति, कला र संगीतको संरक्षण तथा प्रवद्र्धनमा पु¥याएको योगदानको कदरस्वरूप सम्मान गरिएको संस्थाले जनाएको छ।

कार्यक्रममा स्व. लोक बहादुर गुरुङले नेपाली तथा गुरुङ कला–संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनका योगदान र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउनुपर्नेमा जोड दिइएको थियो।सम्मान ग्रहण गर्दै गुरुङले आफूले कला, संगीत र संस्कृतिको क्षेत्रमा गर्दै आएको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारी र ऊर्जा प्रदान गरेको बताए।

गण्डकी प्रदेश सरकारका सांसद एवम् चलचित्र निर्माता वेदबहादुर गुरुङ ‘श्याम’ को अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रतिष्ठानले हरेक वर्ष स्व। लोक बहादुर गुरुङको स्मृतिमा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गर्दै आईरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।