पोखराको अग्रणी साहित्यीक संस्था पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा लक्ष्मण थापा चयन भएका छन् ।
परिवारको शनिबार पोखरामा सम्पन्न ४३ औं साधारण सभा तथा अधिवेशनले थापाको नेतृत्वमा १० सदस्यीय समिति चयन गरेको हो । परिवारको उपाध्यक्षमा कौशलचन्द्र जिसी,सचिवमा एम.डि. काफ्ले,कोषाध्यक्षमा अमृत क्षेत्री र सहसचिवमा केशु शर्मा चयन भए । त्यस्तै परिवारको सदस्यमा हसिना बस्नेत,रोशन तिमिल्सीना,अव्यग्र अस्मित, आकास लामा र जय चापागाईं रहेका छन् ।
संस्थाको साहित्य संयोजकमा ढाकामोहन बराल,कला संयोजकमा हेमकान्ति गुरुङ र संगीत संयोजकमा टी. आर. पौडेल छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको हेमजामा दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना…








