पोखराको हेमजामा दोस्रो हेमजा राष्ट्रिय साहित्य महोत्सव आगामी मंसिरको पहिलो साता आयोजना हुने भएको छ ।
हेमजा साहित्य प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा आगामी मंसिर ४ देखि ६ गतेसम्म बिभिन्न कार्यक्रमसहित राष्ट्रिय साहित्य महोत्सव गर्न लागेको जानकारी दिईएको छ । महोत्सवका लागि कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा २१ सदस्यीय मुल समारोह समिति चयन गरिएको प्रतिष्ठानका अध्यक्ष सुनिल गायकले जानकारी दिए । समितिको सह संयोजकमा बलराम पौडेल, उप संयोजकमा शिव पोखेल, दुर्गादेवी बस्नेत ,अम्बिका भण्डारी र परशुराम अधिकारी छन् । त्यस्तै महासचिवमा कोबिद शरण उपाध्याय, सचिवमा महाकाब्यकार बसन्त चालिसे, धर्मराज पौडेल अल्पायु, चन्द्रावती वाग्ले, बसन्त त्रिपाठी, उमा पौडेल भुर्तेल, कोषाध्यक्षमा सोमनाथ गौतम र सह कोषाध्यक्ष दिवाकर पौडेल रहेका छन् । सदस्यहरुमा शशि अधिकारी,सम्मर बहादुर गायक ,गीता बराल अधिकारी ,शोभा कोइराला त्रिपाठी,मिन बहादुर थापा ,सुरेश रमण अधिकारी चयन भएको प्रतिष्ठानले जनाएको छ ।
महोत्सव व्यवस्थापनका लागि पहिलो बैठकबाट सल्लाहकार समिति गठनसहित थप बिस्तार गरिने महासचिव कोबिद शरण उपाध्यायले बताए । महोत्सवलाई भव्य बनाउन पोखरासहित आसपासका साहित्यिक संस्थालाई पनि समावेश गरिएको उनले जानकारी दिए ।समिति गठनसँगै महोत्सवको तयारी पनि सुरु गरिएको संयोजक कृष्ण प्रसाद पौडेलले बताए ।महोत्सवमा साहित्यका बिभिन्न विधासहित लोक भजन र संस्कृति पनि समेटिने बताईएको छ । प्रतिष्ठानले पहिलो हेमजा राष्ट्रिय साहित्य महोत्सवको आय व्यय पनि सार्वजनिक गरेको छ ।प्रथम महोत्सवमा १० लाख ४९ हजार २८ रुपैयाँ आम्दानी भएकोमा १० लाख ५१ हजार २८ रुपैयाँ खर्च भएको छ । महोत्सवमा सबैभन्दा बढी खर्च देशव्यापी प्रचार प्रसार यात्रामा भएको जनाईएको छ । जसमा १ लाख ९५ हजार खर्च भएको छ ।
कार्यक्रममा पोखरा २५ का वडा सदस्य सुबास भण्डारीले आलु महोत्सवले चिनिएको हेमजा, अब साहित्यिक क्षेत्रको रुपमा पनि परिचित हुने बताए ।उनले नेपाली साहित्यका राष्ट्रिय व्यक्तित्वहरु यसै क्षेत्रका भएकाले पनि महोत्सव सफल हुने विश्वास व्यक्त गरे ।प्रतिष्ठानका संरक्षक बसन्त बास्तोलाले सबैको साथ र सहयोगबाट महोत्सव भव्य र सभ्य हुने बताए । प्रतिष्ठानका अध्यक्ष सुनिल गायकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कोषाध्यक्ष सोमनाथ गौतम र संचालन प्रतिष्ठानका संस्थापक सचिव कोबिद शरण उपाध्यायले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


युनाइटेड क्लब पोखराको अध्यक्षमा गणेश तिमिल्सिना निर्वाचित भएका छन । क्लबको १७…








