पोखरा महानगरपालिका वडा नं २९÷३० का नौ सय ३५ घरधुरीका उपभोक्तालाई खानेपानीको ब्यवस्था मिलाउदै आएको भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाले निर्माण गरेको आकासे पानी टंकीको शनिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
सस्थाले विगत ३५वर्ष देखि दिपांगतालको मुहान देखि शिसुवा,भण्डारढीक,सैनिक वस्ती हुदै पावर हाउससम्मका उपभोक्तालाई श्वच्छ खानेपानी विचरण गर्दै आएको योजनालाई गण्डकी प्रदेश सरकार र स्थानिय उपभोक्ताको सक्रियतामा पाइप लाईन विस्तार देखि पानीको क्षमता बृदि गरि आकासे पानी टंकीबाट पानी वितरणको ब्यवस्था मिलाएको छ । गण्डकी प्रदेश सरकार र स्थानिय जनसहभागीताको करिव एक करोड ३९लाख,९९ हजार तिन सय ४२ रुपियाँको लागतमा सम्पन्न भएको योजनाको उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री फडिन्द्र देवकोटाले पानी जिवन,स्वास्थ र सभ्यतासँग जोडिएकाले स्वच्छ खानेपानीका मुहानको संरक्षण गर्ने दाईत्व सरकारसँग मात्र नभई यसमा आम उपभोक्ताको अझ वढि दायित्व रहने बताए ।
दिगो र स्वच्छ खानी पानी वातावरणकाा लागि मुहान देखि चुहानसम्मको रेखदेख गर्नका लागि तिनै तहको सरकारको सहकार्यमा घरमै बसेर समस्या पत्ता लगाउने प्रविधि भित्राएको जानकारी गराउदै घर घरमा धारा पु¥याएर मात्र योजना सम्पन्न नहुने भएकाले यसको दिगोपनका लागि सवैको साथ र सहयोग अपरिहार्य भएको उनको भनाई थियो । सोही अवसरमा गण्डकी प्रदेश सरकारका पुर्व सासंद दिपक कोईरालाले आम जनतालाई ब्यवस्थीत खानेपानीको ब्यवस्था मिलाउने काम सरकारको भएपनि यसमा जनसहभागीता रहेन भने योजना अपुरै रहने प्रशंग उठाउदै आफुहरु सरकारमा हुदाँ कर्तब्य सम्झेर योजनालाई अगाडी वढाउन सहयोग गरेको बताए ।
कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका सिनियर ईन्जिनियर किरण पौडेलले योजनाको बस्तुस्थीति,लागत कामका विवरणका बारेमा प्रष्ट पार्दै आगामी आर्थीक वर्षका लागि २० लाख बजेट विनियोजन भएको जानकारी गराएका थिए । यसैगरि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गा प्रसाद सुवेदीले यस क्षेत्रका भुपु सैनिक दाजुभाईको सक्रितामा योजनाले सार्थक रुप पाएको र यसलाई जिवन्त दिन सहकार्यको आवस्यकता औल्याएका थिए ।
भु पु सैनिक खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष मोहन वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राम बहादुर गुरुङले गरेका थिए भने कार्यक्रम संचालन सचिव मिन बहादुर गुरुङले गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर १२ पर्यटनको राजधानी पोखरामा आयोजित दाईं महोत्सवमा पर्यटकहरु रमाएका…







