लम्जुङको पुरानोकोटमा युनाईटेडको निशुल्क स्वास्थ्य शिविर


     एभरेस्ट आवाज    
     चैत्र १ गते २०७७ मा प्रकाशित




पोखरा । युनाईटेड क्लवको आयोजनामा लम्जुङको पुरानोकोट गाउमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

स्थापना कालदेखी पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नया गन्तब्य चिडियाखाना निर्माण, सेती नदी संरक्षण र दैवीप्रकोपमा परेकाहरुलाई सहयोग गर्दै आएको युनाईटेड क्लवले आफ्नो स्वास्थ्य विद्याको कार्यक्रम अन्तर्गत लम्जुङ जिल्लाको वेशीशहर नगरपालिका वडा नम्बर ४ मा रहेको पुरानोकोट डांडागाउमा बृहत निशुल्क स्वास्थ्य शिविर गरेको हो ।

पोखराको रानीपौवामा रहेको मेडिप्लस हस्पिटल एण्ड ट्रमा सेन्टर, नरहरी पोलिक्लिनीक र पोखरा होराइजन डेन्टल क्लिनीकको प्राविधीक सहयोग र एरो फर्मासिटिकल र एपेक्स फर्मासिटिकलको सहयोगमा सम्पन्न स्वास्थ्य शिविरमा पुरानोकोट डाडागाउँसंगै वेशीसहर नगरपालिका वडा नम्बर ४ र ५ का गरी ५ सय १५ जनाले स्वास्थ्य जांच गराएका थिए ।

सो मध्ये १ सय ४० जनाले भिडियो एक्स रे, ७० जनाले इसिजी र ५३ जनाले पिसाव तथा रगत परिक्षण गराएका थिए । त्यसैगरी ९२ जनाले दांत सम्बन्धी रोगको परिक्षण, १ सय ५० जनाले हाडजोर्नी तथा नशारोग, र ३० जनाले नाक, कान घांटी, ३२ जनाले सर्जिकल, २१ जना बच्चाको परिक्षण र २ सय वढिलाई औषधी वितरण गरिएको थियो ।

शिविरको उद्घाटन गर्दै बेशीसहर नगरपालिकाकाका मेयर गुमानसिंह अर्यालले बृहत स्वास्थ्य शिविरको माध्यामबाट आफ्नो नगरपालिकामा रहेर पनि दुरदराजमा बसोवास गर्ने जनताले प्रत्यक्ष स्वास्थ्य लाभ लिने अवसर पाएको वताए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेशीसहर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष लालवीर गुरुङ, वडा नम्बर ५ का अध्यक्ष बल बहादुर गुरुङ, युनाईटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, सूर्योदय तमु युवा क्लवका अध्यक्ष खुमराज गुरुङ पुरानोकोट सामुदायिक होमस्टेका अध्यक्ष कन्याकाशी गुरुङ लगायतले बोलेका थिए ।

क्लवका महासचिव शान्त बहादुर थापाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य उपसमिति संयोजक तथा कार्यक्रम संयोजक युनाईटेड क्लवका कार्यसमिति सदस्य जयराम आचार्यले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।