साङ्केतिक तस्विर
पोखरा । पोखराबाट अवैधरुपमा चन्दा उठाइरहेका पाँच जनालाई कास्की प्रहरीले शनिबार पक्राउ गरेको छ ।
रौतहटको टाशी छोग्याल गुम्बा, गजुरा नगरपालिका कटानीको रसिद लिई विभिन्न ठाउँमा चन्दा उठाउँदै हिँडेका उनिहरुलाई प्रहरीले पोखराको नयाँगाउँस्थित मितेरीपुलबाट पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका स्थाई घर भई पोखरा– ९ पृथ्वीचोक बस्दै आएका निमा तामाङ ‘छिरिङ’ (४२), धनबहादुर लामा (६०), पदमबहादुर लामा (३५), विजय लामा (२६) र जितबहादुर थिङ (३५) छन् ।
लामा पोशाकमा सो गुम्बाको रसिद लिई चन्दा उठाई हिँडीरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारको टोलीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट चन्दा बापत उठाएको ४२ हजार ४९१, गुम्बाका नाममा बनाइएको १२ थान रसिद ठेली, विभिन्न फाइल तथा रजिष्टर, विभिन्न कम्पनीका मोवाइल सेट ७ थान र फोटो समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकरी दिए ।
पक्राउ परेका पाँचै जनालाई ठगी सम्बन्धी कसुर अन्र्तगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







