अत्यावश्यक बाहेकका कार्यक्रम नगर्न कास्की प्रशासनको आग्रह


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०७७ मा प्रकाशित




पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका कार्यक्रम नगर्न आग्रह गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र कास्कीको बिहीबार बसेको बैठकले पछिल्लो समय भारत लगायत छिमेकी देशहरुमा फैलिरहेको कोरोना भाइरस संक्रमणको दरलाई मध्यनजर गर्दै यस्तौ निर्णय गरेको हो ।

कार्यालयले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि बढ्न सक्ने भएकाले सोको नियन्त्रणका लागि विभिन्न ६ बुँदे निर्देशन जारी गरेको छ ।

प्रशासनले नजिकँदै गरेको होली पर्व लगायत चाडपर्व मनाउँदा, अत्यावशेक गोष्टी, भेला, कार्यक्रम गर्दा भिडभाड नगरि अनिवार्य जनस्वास्थ्यको पालना गर्न र गराउन आग्रह गरेको छ । अनावश्यक सभा समारोह, सम्मेलन, भेला आयोजना नर्गपनि सचेत गराएको छ ।

त्यस्तै क्वारेन्टिन तथा आइसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राख्ने, सरकारी तथा गैरसरकारी संस्था, व्यवसायीक प्रतिष्ठान, होटल, रेष्टुरेन्ट, बैंक तथा वित्तिय संस्थाहरुमा नेपाल सरकारले तोकेका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गराउने र सुरक्षित तवरले सेवा प्रवाह मिलाउन भनेको छ ।

साथै मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर, भौतिक दुरी कायम गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

प्रशासनको आग्रहलाई अवज्ञा गर्ने गराउने व्यक्तिहरुलाई संक्रमक रोग ऐन, २०२० तथा अन्य प्रचसलत कानून बमोजिम कारवाही हुने पनि प्रशासनद्वारा आज जारी विज्ञप्तीमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।