भारतमा अहिलेसम्मकै सर्वाधिक १ लाख ५२ लाख संक्रमित भेटिए, ८ सय जनाको मृत्यु

- ११ लाख २ हजार ३ सय ७० सक्रिय संक्रमित, कोरोना संक्रमणको बढ्दो मामिलाका कारण दिल्लीमा नयाँ प्रतिबन्धको घोषणा, ३० अप्रिलसम्म प्रतिबन्ध लागू हुनेछ, त्यति नै समयसम्म उत्तर प्रदेशमा शैक्षिक संस्था बन्द


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित




भारतमा दोस्रो लहरको कोरोना दिन प्रतिदिन खतरनाक हुँदै गइरहेको छ।

शनिबार मात्रै त्यहाँ १ लाख ५२ हजार ५ सय ६५ जनामा कोरोना पुष्टि भएको देखियो।

महामारीको सुरुवातपछि पहिलो पटक एकदिनमा यति धेरै बढी संक्रमितको पहिचान भएको हो। त्यहाँ, २४ घण्टामा ९० हजार, ३ सय २८ जना मानिस निको भए भने ८ सय ३८ जनाको मृत्यु भएको समाचार छ।

यस वर्ष एक दिनमा ८ सय बढीभन्दा मानिसले ज्यान गुमाएको यो दोस्रो पटक हो। यसअघि ८ अप्रिलमा ८ सय २ जनाको मृत्यु भएको थियो। देशमा सक्रिय संक्रमित अर्थात् कोरोनाको उपचार गराइरहेका बिरामीको आँकडा पनि लगातार बढिरहेको छ। सक्रिय संक्रमितको आँकडा ११ लाख २ हजार ३ सय ७० सम्म पुगेको छ।

दिल्लीमा कोरोना संक्रमणको बढ्दो मामिलाका कारण नयाँ प्रतिबन्धको घोषणा गरिएको छ। यो ३० अप्रिलसम्म लागू हुनेछ। दिल्लीमा अब अन्तिम संस्कारमा अधिकतम २० र विवाह समारोहमा ५० जना मात्रै समावेश हुन सक्छन्। रेष्टुरेन्ट र बारले पनि अब आफ्नो सिटिङ क्यापेसिटीको ५० प्रतिशत क्षमतासहित काम गर्नेछन्।

मेट्रोमा पनि एक कोचमा सिटिङ क्यापसिटीको ५० प्रतिशत मात्रै यात्रा गर्न पाउनेछन्। बसमा पनि एक समयमा ५० प्रतिशत क्षमताका साथै यात्रीले यात्रा गर्न सक्नेछन्। सिनेमा, थिएटर र मल्टिीप्लेक्स पनि ५० प्रतिशत क्षमतासहित चल्न पाउनेछन्।

यसैगरि, भारतकै उत्तरप्रदेशमा ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ। उत्तर प्रदेश सरकारले आइतबार सो निर्णय गरेको हो। सरकारले जहाँ एक सयभन्दा बढी संक्रमित भेटिएका छन्।

आइतबार मात्रै उत्तरप्रदेशमा १५ हजार ३५३ नयाँ कोरोना संक्रमित थपिएका छन्। कोरोना महामारी सुरु भएयता सो प्रदेशमा ९ हजार १ सय ५२ जनाको मृत्यु भैसकेको छ भने संक्रमितहरुको संख्या ६ लाख ९२ हजार १५ पुगेको छ।

यसअघि लखनउ, कानपुर, गोरखपुर, गौतम बुद्धनगर, इलाहावाद, मेरठ, गजियावाद, बरेली र मुजफ्फरनगर जिल्लामा रात्रि कर्फ्यु लगाइएको थियो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भनेका छन्, ‘जुन जिल्लामा दैनिक सय संक्रमित र ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् ती जिल्लाहरुमा साँझ ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइनेछ ।’

दिल्लीमा कडा प्रतिबन्ध घोषणा

कोरोना संक्रमणदर निकै बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कडा प्रतिबन्ध घोषणा गरिएको छ। दिल्ली सरकारले शनिबार बेलुकी संक्रमण रोकथामका लागि निकै कडा फैसला कार्यान्वयनमा ल्याएको भारतीय मिडियाहरूले जनाएका छन्। स्थानीय प्रशासनले सामाजिक, राजनीतिक, खेल र मनोरञ्जनसँग जोडिएका सबै प्रकारका गतिविधि गर्न रोक लगाएको छ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुदमा हिस्सा लिने खेलाडी बाहेक अरूलाई स्वीमिङ पूल प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। दिल्लीमा यतिखेर गर्मी निकै चढेको छ। दिल्ली विपद् प्रबन्धन प्राधिकरणको आदेशानुसार अब विवाहमा ५० र अन्तिम संस्कारमा २० जनाभन्दा धेरै मानिस सहभागी हुन पाउने छैनन्। रेस्टूराँ र बार सञ्चालकहरूले कूल क्षमताभन्दा ५० प्रतिशत कम ग्राहकलाई मात्र प्रत्यक्ष सेवा दिन पाउनेछन्।

दिल्लीका सबै कलेज र कोचिङ संस्थाहरू बन्द गराइएको छ। सार्वजनिक सवारीसाधनहरूमा ५० प्रतिशत सिटमा मात्रै यात्रु राख्न थालिएको छ। कोरोनाबाट अतिप्रभावित महाराष्ट्रबाट दिल्ली आउने यात्रीहरूले आफू संक्रमित नरहेको प्रमाणस्वरूप आरडीटी–पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने नियम लगाइएको छ। रिपोर्ट बिना नै दिल्ली पुगे १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्नेछ।

उत्तरप्रदेशमा ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द

भारतको उत्तरप्रदेश सरकारले कोरोना संक्रमणदर बढेपछि ३० अप्रिलसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।

उत्तर प्रदेश सरकारले आइतबार सो निर्णय गरेको हो। सरकारले जहाँ एक सयभन्दा बढी संक्रमित भेटिएका छन्।

ती जिल्लाहरुमा रात्री कर्फ्यु लगाउने निर्णय गरेको छ। सरकारको सो आदेशपछि अब खुल्ला ठाउँमा १ सय जना भन्दा बढी मानिसहरु जम्मा हुन नपाइने भएको छ। बन्द गरिएका स्थानहरुमा हुने कार्यक्रमहरुमा अधिकतम ५० जना उपस्थित हुन पाइने जनाइएको छ ।

श्रोतः समाचार एजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।