पोखरामा दुई कोरोना संक्रमितको मृत्यु


     एभरेस्ट आवाज    
     चैत्र ३० गते २०७७ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।

पोखरा । पोखरामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार चैत २३ गते कोरोना संक्रमण पुष्टि भइ चरक मेमोरियल अस्पतालमा उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार मृत्यु भएको हो ।

यस्तै, चैत २० गते कोरोना संक्रमण पुष्टि भइ सोही अस्पतालमा उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार मृत्यु भएको डा. शर्माले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।