सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन्।
बागलुङ जिल्लाको सीवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत पाएको रकममध्ये २५ हजार रुपैयाँ जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन्।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको २५ हजार रुपैयाँ बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्तरण गरे। सीवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकाले संस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताए।
सहयोगदाता न्यौपानेले कोभिड बीमामार्फत प्राप्त गरेको रमक कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताए। देशका विभिन्न जिल्लाका २३ विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको बताए।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मकवानपुरको भीमफेदी –६ चिसापानी गढीमा भएको माईक्रो बस दुर्घटनामा परि मृत्यु हुनेको…







