फाइल तस्बीर
कोरोना भाइरसको संक्रमण तीब्र फैलिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि डा गुणराज लोहनी र डा प्रकाश शाहलाई गण्डकी प्रदेशको कोरोना नियन्त्रण उच्चस्तरिय समिति गठन गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा उच्चस्तरीय समिति गठन गरेको हो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा उच्च स्तरीय टोली गठन गरिएको जानकारी दिएका हुन्।
समितिमा संयोजकको जिम्मेवारीमा हरेक प्रदेशमा २/२ जना खटाइएको छ। जसमध्ये गण्डकी प्रदेशका लागि डा गुणराज लोहनी र डा प्रकाश शाहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय खटाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







