गण्डकी प्रदेशमा १०१ जनामा कोरोना भाइरस पुष्टि, ४० कोरोनामुक्त


     एभरेस्ट आवाज    
     वैशाख १३ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा सोमबार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ हजार ६८६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले सोमबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्दै यस्तो जनाएको हो ।
निर्देशनालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा कास्की सहितका सात जिल्लामा १०१ जनामा कोरोना भाइरस संक्रमण पाइएको छ ।

विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ६९, नवलपरासी पूर्वका १२, तनहुँ, म्याग्दी र पर्वतका ५–५ जना, स्याङ्जका ३ र लमजुङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२७० जनामा गरिएको परीक्षणमा संक्रमण पाइएको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा जनाइएको छ । निर्देशनालयले जनाए अनुसार कास्कीमा संक्रमण पुष्टि भएका सबै पोखरा महानगरपालिकाका छन्् ।

यो सहित प्रदेशमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ८३८ पुगेको छ । अव प्रदेशमा ९३७ जना आइसोलेसनमा छन् । ती मध्य ८८३ जना होमआइसोलेसनमा र बाँकी संस्थागत आइसोलेसनमा रहेको विवरणमा उल्लेख छ ।

सक्रिय संक्रमित मध्य सबैभन्दा बढी कास्कीमा ६६४ जना छन् । त्यस्तै लमजुङमा ४, तनहुँमा ३९, नवलपुर पूर्वमा ४१, स्याङ्जामा ३५, पर्वतमा २१, बाग्लुङमा ८, म्याग्दीमा २७ जना छन् । यस्तै मनाङ र मुस्ताङमा भने सक्रिय संक्रमितको संख्या शून्य छ ।

आइतबार १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ५६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।