पहाडी जिल्लामा पनि निषेधाज्ञा !


     एभरेस्ट आवाज    
     वैशाख १४ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २ सय नाघे पहाडी जिल्लामा समेत निषेधाज्ञा जारी हुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सक्रिय संक्रमितको संख्या २ सय नाघे पहाडी जिल्लामा पनि निषेधाज्ञा जारी गर्न सकिने निर्णय गरेको हो।

पहाडी जिल्लामा सक्रिय संक्रमित संख्या २ सय नाघे सम्बन्धित जिल्लाको स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय)ले निषेधाज्ञा जारी गर्न सक्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।