पोखरा । कास्कीका १६३ सहित २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ६१८ जनामा पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो क्रममा कोरोना पुष्टि हुनेमा कास्कीका १६३, गोरखाका ४३, बाग्लुङका २३, नवलपरासी पूर्वका १७, स्याङ्जा र म्याग्दीका ९–९, तनहुँका ७, पर्वतका २ र लमजुङका एक जना छन् ।
यो सहित गण्डकी प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १८ हजार ६४५ पुगेको छ ।
यस्तै सोही अवधीमा ७२ जना कोरोनामुक्त भएका छन् । योसंगै हालसम्म प्रदेशभर १६ हजार ८८२ जना कोरोनामुक्त भएका छन् ।
अव प्रदेशभर एक हजार ५३९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् । तीमध्य एक हजार ४३२ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड सञ्चालनमा आएको छ ।…







