पोखराको चरक हस्पिटल प्रा.लि.ले हस्पिटलको बदनाम र झुठा प्रचारवाजी नगर्न ध्यानाकर्षण गराएको छ। हस्पिटलले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हस्पिटललाई बदनाम र अनरगल झुठा प्रचावाजी नगर्न र नगराउन अनुरोधसमेत गरेको छ।
केही दिन यता संस्थालाई कमजोर र बदनाम गर्ने नियतका साथ विभिन्न संचार माध्यम, पत्रपत्रिका र सामाजिक सञ्जालमा केही व्यक्तिले झुठा अनरगल प्रचारवाजी गरिरहेको जनाएको छ।

हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिक विचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह नगरेको र भविष्यमा पनि गर्नेछैन भनि जनाएको छ।
जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हस्पिटलले कुनैपनि वर्ग, क्षेत्र जातजाति, धर्म तथा राजनैतिक विचारधाराको आधारमा विभेदकारी स्वास्थ्य सेवा प्रवाह गरेको छैन र भविष्यमा पनि गर्नेछैन।’
हस्पिटलले नेपाल सरकार, गण्डकी प्रदेश सरकार र स्थानीय निकायसँग सहकार्य गरी हाल विश्वव्यापी रुपमा चलको कोरोना (कोभिड–१९) को महामारीमा समेत विशिष्टिकृत स्वास्थ्य सेवा संचालन गर्दै आएको जनाएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘चरक हस्पिटल लामो समयदेखि यस गण्डकीको स्वास्थ्य क्षेत्रमा विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







