पोखरा । पछिल्लो २४ घण्टामा कास्कीका ३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
विभिन्न प्रयोशालामा गरिएको पिसिआर परीक्षणमा कास्कीका ३६८ जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले जनाए अनुसार सोही अवधीमा कास्की सहित प्रदेशभर ५७६ जना कोरोना भाइरस संक्रमित भएका छन् । एक हजार १९० जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यसरी संक्रमित हुनेमा स्याङ्जाका १०४, म्याग्दीका २३, नवलपुर वर्दघाट सुस्ता पूर्वका २९, तनहुँका १४, मुस्ताङका १३, पर्वतका ९, लमजुङका ८, बाग्लुङ र मनाङका ४–४ जना छन् ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २२१ पुगेको छ ।
कास्कीमा संक्रमण पुष्टि भएका मध्य अन्नपूर्ण गाउँपालिकाका दुई जना हुन् भने बाँकी पोखरा माहानगरपालिकाका हुन् ।
सोही अवधीमा ६४ जना निको भएसँगै १६ हजार ९४६ जना संक्रमणमुक्त भएका छन् । अब प्रदेशभर दुई हजार ४३ जना आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा उपचारका क्रममा ८ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या २३२ पुगेको छ ।
निर्देशनालयका अनुसार प्रदेशमा एक साताको अवधीमा मात्रै एक हजार ४४८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । जसमध्य तीस सय जना कोरोना भाइरसमुक्त भएको जनाइएको छ । तीन हजार ८७३ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
यस्तै गत हप्ता संक्रमणबाट २१ जनाले ज्यान गुमाएको पनि निर्देशनालयले आइतबार अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







