कोरोना संक्रमणबाट स्याङ्जा र पर्वतका दुईको पोखरामा मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २२ गते २०७८ मा प्रकाशित




पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको पोखरामा मृत्यु भएको छ ।

संक्रमणबाट स्याङ्जा र पर्वतका दुई जनाको मंगलबार बेलुका उपचारकै क्रममा पोखरामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिका– ११ का ५० वर्षिय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा मृत्यु भएको हो । गत वैशाख १८ गते संक्रमित भएका उनको उपचारका क्रममा मंगलबार बेलुका ९ः ५० बजे मृत्यु भएको हो ।

यस्तै पर्वतको जलजला गाउँपालिका– ७ का ८४ वर्षिय वृद्धको मणिपाल शिक्षण अस्पतालमा मंगलबार बेलुका ८ : १५ मा मृत्यु भएको छ । उनमा मंगलबार नै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यो सहित गण्डकी प्रदेशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।