तनहुँमा कोरोनाका कारण हालसम्म २६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

कोरोनाका कारण तनहुँमा हालसम्म २६ जनाले ज्यान गुमाएका छन्।

पछिल्लो समय संक्रमितको संख्या बढिरहेको तनहुँ जिल्ला हालसम्म कोभिड संक्रमणका कारण ज्यान गुमाउनेमा गण्डकी प्रदेशमै तेश्रो स्थानमा छ।

तनहुँमा हालसम्म १ हजार ६ सय ४२ संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भैसकेका छन्।
गण्डकी प्रदेशमै सर्वाधिक मृत्यु कास्कीमा हालसम्म १ सय ३१ पुगेको छ। त्यसपछि, प्रदेशमै ज्यान गुमाउनेको दोस्रो स्थानमा लमजुङ जिल्ला छ। कोरोनाका कारण हालसम्म लमजुङ जिल्लामा २८ जनाको मृत्यु भएको छ।

कोरोनाकै कारण नवलपरासी पूर्वमा २२, स्याङ्जामा २०, गोरखामा १२, बाग्लुङमा ९, पर्वतमा ६, म्याग्दीमा ५ र मुस्ताङमा १ जनाको मृत्यु भएको छ। कोरोनाका कारण हालसम्म प्रदेशमै मृत्युदर कम रहेको जिल्ला मनाङ रहेको छ। मनाङमा शून्य मृत्यु दर रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।