फाइल तस्बीर
पोखरा । कोरोना भाइरस संक्रमणबाट पोखराका एक सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा होम आइसोलेसनमा बसेका एक सहित पोखराका मणिपाल शिक्षण अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रिय अस्पताल) उपचाररत तीन जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक तथा कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।
होम आइसोलेसनमा बसेका पर्वतको जलजला गाउँपालिका– ३ का ५३ वर्षिय पुरुषको बिहीबार मृत्यु भएको हो । उनमा बिहीबारनै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यस्तै संक्रमणबाट मणिपाल शिक्षण अस्पताल पोखरामा दुई जना संक्रमितको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका–२५ का ६८ वर्षिय पुरुषको मृत्यु भएको छ । वैशाख २२ गते संक्रमित भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डाक्टर शर्माले जानकारी दिए ।
यस्तै सोही अस्पतालमा उपचाररत तनहुँको व्यास नगरपालिका–१ का ६० वर्षिया महिलाको बिहीबार साँझ ६ : ५० बजे मृत्यु भएको छ । उनमा हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता पर्वतको कुश्मा–९ का ५३ वर्षिय पुरुषको बिहीबार दिउँसो साढे २ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ । गत वैशाख १३ गते संक्रमित भएका थिए ।
यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २४५ जनाको मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







