शुक्रबार बन्यो कास्कीमा कोरोना संक्रमितको नयाँ रेकर्ड


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । शुक्रबार कास्कीमा हालसम्मकै सर्वाधिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा कास्कीका मात्रै ८५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

जिल्लाका एक हजार ४४४ जनाको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
शुक्रबार थपिएका मध्य मादी गाउँपालिकाका ९, अन्नपूर्ण गाउँपालिकाका ४, रुपा गाउँपालिकाका ३ र माछापुच्छ्रे गाउँपालिकाका एक जना छन् भने बाँकी ८३९ जना पोखरा महानगरपालिकाका हुन् ।

पोखरामा अहिलेसम्मकै सर्वाधिक ८३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ।

यो संगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ८१५ पुगेको छ । जसमध्य ८ हजार ९४९ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै जिल्लामा दुई हजार ७२९ जना आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएसंगै जिल्लामा १३७ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

यसअघि कास्कीमा बिहीबार २२१, बुधबार २९२, मंगलबार ३१०, सोमबार ४६ र आइतबार ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार गण्डकी प्रदेशमा एक हजार ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ८६ जना कोरोना भाइरसमुक्त भएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धी विवरणमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।