गण्डकी प्रदेशमा एकै दिन १३९६ जनामा कोरोना संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख २४ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा शुक्रबार अहिलेसम्मकै धेरै एक हजार ३९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

प्रदेशका दुई हजार ३३९ जनामा परीक्षण गर्दा कास्कीका ८५६, पर्वतका १६७, तनहुँका ६१, गोरखाका ६०, स्याङ्जाका ५९, म्याग्दीका ५६, नवलपरासी पूर्वका ५४, बाग्लुङका ५३, लमजुङका २८ र मुस्ताङका २ जनामा संक्रमण पुष्टि भएको हो ।

यो सहित हालसम्म प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या २२ हजार २५६ पुगेको छ ।
यस्तै सोही अवधीमा ८६ जना कोरोना संक्रमणमुक्त भएसंगै १७ हजार ३८८ जना संक्रमणमुक्त भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट ७ जनको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४८ पुगेको छ ।

अव प्रदेशमा ४ हजार ६२० सक्रिय संक्रमित छन् । ति मध्य ४ हजार ४०८ होम आइसोलेसनमा रहेको निर्देशनालयले अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धी विवरणमा उल्लेख गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।