दुई दिनमा ५९ आन्तरिक उद्धार उडान, १०४ जनाको उद्धार


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




तस्बीर : एजेन्सी

कोभिड–१९को विश्वव्यापी संक्रमणलाई ध्यानमा राखी सरकारले गत बुधबार मध्यरातदेखि आन्तरिक उडान बन्द गरेपनि बिहीबार र शुक्रबार २ दिनमा ५९ वटा आन्तरिक उद्धार उडान भएको छ।

कोरोनाका बिरामी र यात्रु उद्धार उडान गरेर उक्त उडान भएको हो।

दुई दिनमा बिरामीसहित १०४ जनाको उद्धार गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बताएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र लुक्लाबाट उक्त उडान भरिएको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।