शनिबार गण्डकी प्रदेशमा १६३ जना कोरोनामुक्त, २७४ मा संक्रमण पुष्टि


     एभरेस्ट आवाज    
     वैशाख २५ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १६३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

योसहित हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७ हजार ५५१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाम २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा ५०१ पिसिआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा कास्कीका १६१, नवलपुर वर्दघाट सुस्ता पूर्वका ४५, बाग्लुङका ३६, तनहुँका १८, पर्वत र म्याग्दीका ५–५ जना र स्याङ्जाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेशभर हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ५३० पुगेको छ ।

अव प्रदेशमा ४ हजार ७२८ जना सक्रिय संक्रमित छन् । जसमध्य ४ हजार ५९८ जना होम आइसोलेसनमा छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । योसहित हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको निर्देशनालयले अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धि अध्यावधिक विवरणमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।